दफा १८
प्रज्ञापनपत्र भरी पेश गर्नु पर्ने
(१) मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले तोकिए बमोजिमको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
तर, नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने प्यात्रले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोग मालवस्तुमध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भन्सार महसुल नलाग्ने भनी तोकेको मालवस्तुको प्रज्ञापनपत्र भर्न आवश्यक हुने छैन ।
(२) काब् बाहिरको परिस्थिति परी वा अन्य कुनै मनासिब कारणले उपदफा (१) बमोजिमको कुनै कागजात प्रज्ञापनपत्र साथ पेश गर्न नसकिने भएमा त्यस्तो परिस्थिति वा कारण खुलाई त्यस्तो कागजात पछि पेश गर्ने अनुमतिको लागि सम्बन्धित व्यक्तिले भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिएको निवेदन जाँचबुझ गर्दा त्यस्तो परिस्थिति वा कारण मनासिब देखिएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो कागजात पेश गर्ने अवधि तोकिदिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम कागजात पेश गर्ने अवधि तोक्दा भन्सार अधिकृतले कुनै शर्त तोक्न वा सुरक्षण “बापत मनासिब धरौटी माग गर्न सक्नेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले मालवस्तुको विवरण प्रज्ञापनपत्रको ढाँचामा विद्युतीय माध्यमबाट कम्प्यूटर प्रणाली मार्फत भन्सार कार्यालयमा पठाउन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम विद्युतीय माध्यमबाट मालवस्तुको प्रज्ञापनपत्र पठाएकोमा निकासी वा पैठारीकर्ताले उपदफा (१) बमोजिमका कागजातहरु भौतिक रूपमा वा विद्युतीय स्वरुपमा भन्सार अधिकृतसमक्ष पेश वा सम्प्रेषण गर्नु पर्नेछ ।
(७) यस दफा बमोजिम पैठारी हुने मालवस्तुको प्रज्ञापनपत्र भरी पेश गर्दा मालवस्तुको प्रकृति अनुसार ब्राण्ड, मोडेल, आकार, नाप, एकाई, उत्पादक कम्पनी र मालवस्तुको पहिचान हुने यस्तै अन्य विवरण समेत उल्लेख गरी घोषणा गर्नु पर्नेछ।